newskoseli.Com

प्रदेश– ३ को पनि मन्त्रिपरिषद विस्तार : को–को भए मन्त्री ?

बुधबार अबेर प्रदेश– ३ को पनि मन्त्रिपरिषद् विस्तार भएको छ । यसअघि बुधबार दिउँसो प्रदेश– २ को मन्त्रिपरिषद विस्तार भएको थियो ।

प्रदेश– ३ मा एमालेबाट ३ र माओवादीबाट १ गरी ४ मन्त्री थपिएका छन् । एमालेबाट पोलिटब्युरो सदस्य अरुण नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण, कैलाश ढुंगेलले अर्थ तथा योजना, दावादोर्जे लामाले कृषि तथा सहकारी र माओवादी केन्द्रका युवराज दुलालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

बुधबारको विस्तारसँगै मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको मन्त्रिपरिषद् ७ सदस्यीय भएको छ । यसअघि एमालेका केशव स्थापित र माओवादी केन्द्रका शालिकराम जमकट्टेल मात्र मन्त्री थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर