newskoseli.Com

राजधानीमा सम्साँझै प्रहरीमाथि आक्रमण !

राजधानीको थलीमा प्रहरीमाथि आक्रमण भएको छ ।

केही स्थानीय युवाले बुधवार साँझ प्रहरीमाथि आक्रमण गरेका हुन् ।

केही महिना अगाडि एक युवतीमाथि भएको जबर्जस्ती करणीका अभियुक्त सुजन ऐरी थलीमा लुकेर बसेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी आएको थाहा पाउनासाथ पदम स्याङ्बोलगायतको टोलीले अभियुक्त ऐरीलाई भगाएर प्रहरीमाथि आक्रमण गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए ।

युवाहरूको कुटपिटबाट सई रमेश राई घाइते भएका छन्। सई राईको टाउकामा चोट लागेको छ । प्रहरीमाथि आक्रमण गर्ने पदम स्याङ्बोलाई नियन्त्रणमा लिर्इ अनुसन्धान भइरहेको एसएपी पोखरेले बताए । २५ माघमा जोरपाटीकी एक युवतीमाथि जबर्जस्ती करणी गरेर ऐरी फरार थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर