newskoseli.Com

‘प्रशिक्षण’ लिएपछि के भने पूर्वडीआईजी सांसद नवराज सिलवालले ? (ट्विटसहित)

शनिबार राजधानीमा आयोजित एमाले–माओवादी केन्द्रका सांसदहरुको संयुक्त प्रशिक्षण कार्यक्रममा एमाले सांसद नवराज सिलवालको सहभागितालाई लिएर सबैजसो सञ्चार माध्यमहरुले समाचार प्रकाशन–प्रशारण गरे ।

नेपाल प्रहरीका पूर्व डीआईजी सिलवाल चर्चित आईजीपी नियुक्ति प्रकरणका एक पात्र समेत थिए । त्यसै सन्दर्भमा उनले सर्वोच्च अदालतमा पेस गरेका कागजातमध्ये किर्ते कार्यसम्पादन मूल्यांकन (कासमु) समेत संलग्न रहेको भन्दै सिलवालले चुनाव जितेलगत्तै बजार तताउने काम भयो ।

सांसद सिलवाललाई पक्राउ गर्न प्रहरीले चौतर्फी खोजी गरिरहेको र उनी फरार रहेको चर्चाबीच शनिबार उनी बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित कार्यक्रममा सहभागी भएका तस्बिर र भिडियो सार्वजनिक गरिए, थरीथरीका समाचार बने ।

शनिबार साँझ ५ः१२ मा ट्विट गर्दै सांसद सिलवालले यी घटनाक्रमप्रति दुःख व्यक्त गरेका छन् । ‘नवराज सिलवालमाथि कुनै औपचारिक अभियोग दर्ज पनि छैन र ऊ कुनै फ़रार व्यक्ति पनि होइन’, सांसद सिलवालले ट्विटरमा लेखेका छन्– ‘तथ्यलाई बंग्याएर केही मित्रहरूले अन्यथा ढंगले प्रचार गरी जनमानसमा भ्रम फैलाएकोप्रति दुःख व्यक्त गर्दछु ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर