newskoseli.Com

के–के निर्णय गर्‍यो नयाँ शक्तिले ? (विज्ञप्तिको पूर्णपाठ)

नयाँ शक्ति पार्टी, नेपालको हालै लुम्बिनीमा सम्पन्न संघीय परिषदको चौथो विस्तारित बैठक र पुनर्गठित महाधिवेशन आयोजक समितिको दोस्रो बैठकले विभिन्न निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्तिको विज्ञप्तिको पूर्णपाठ यसप्रकार छः

नयाँ शक्ति पार्टी, नेपालको हालै लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठक (फाल्गुण ९–१२) द्वारा पुनर्गठित महाधिवेशन आयोजक समितिको दोस्रो बैठक २०७४ फाल्गुण १९–२० गते पार्टी संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा काठमाडौंमा बस्यो । बैठकका महत्वपूर्ण निर्णयहरु सम्बन्धित सबैको जानकारीका लागि प्रेस–वक्तव्य मार्फत् सार्वजनिक गरिएको छ ।

१. वैठकले लुम्बिनी विस्तारित बैठकबाट प्राप्त सुझावहरुका आधारमा परिमार्जन सहित राजनीतिक प्रतिवेदन पारित गर्‍यो ।

२. बैठकले निम्न बमोजिम १७ सदस्यीय सचिवालय गठन गरेको छ:

१. डा. बाबुराम भट्टराई, २. कल्पना धमला, ३. केशव दाहाल ४. कृष्णकुमार चौधरी, ५. गंगानारायण श्रेष्ठ, ६. डम्बर खतिवडा, ७. डा. केशवमान शाक्य, ८. दुर्गा सोव, ९. देवीप्रसाद ओझा, १०. नवराज सुवेदी, ११. परशुराम खापुङ, १२. राजेन्द्रकुमार किराँती, १३. रामरिझन यादव, १४. रुद्रबहादुर गुरुङ, १५. सरुण बाठा मगर, १६ हिसिला यमी, १७. संरक्षक परिषद्को संयोजक ।

३.  निम्नबमोजिम प्रादेशिक इन्चार्ज र संयोजकको जिम्मेवारी तय गरियो:

प्रदेश    इन्चार्ज / संयोजक
१.    राजेन्द्रकुमार किराँती / देवराज भण्डारी
२.    रामरिझन यादव / सुशील यादव
३.    गंगानारायण श्रेष्ठ / सोनामसिं स्याङतान
४.    रुद्रबहादुर गुरुङ्ग / देवीप्रसाद सुवेदी
५.    नवराज सुवेदी / दानबहादुर चौधरी
६. कर्णाली प्रदेश    – सरुण बाठा मगर / रामबहादुर बोहरा
७.    कृष्णकुमार चौधरी  / प्रकाशबहादुर साउद
८. प्रवास –    हिसिला यमी / धनबहादुर गुरुङ्ग

४.  प्रशान्त सिंह र डम्बर खतिवडालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरियो । केन्द्रीय  कार्यालयको सचिवको जिम्मेवारी राजु नेपाललाई दिने निर्णय गरिएको छ ।

५  परशुराम खापुङ संयोजक रहने गरी अनुगमन तथा मूल्यांकन विभाग, देवी ओझा संयोजक रहने गरी राजनीतिक संवाद तथा जनपरिचालन विभाग, केशव दाहालको संयोजकत्वमा उत्पादन तथा स्वरोजगार विभाग, डा. राजेन्द्र केसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा स्रोत परिचालन विभाग, विश्वदीप पाण्डेको नेतृत्वमा सूचना तथा सञ्चार विभागलगायत १९ वटा विभाग गठन गरिएको छ ।

६. अनुशासन तथा सदाचार आयोगको प्रमुख आयुक्तमा महेन्द्र श्रेष्ठ, निर्वाचन आयोगको प्रमुख आयुक्तमा कृष्णप्रसाद शर्मा र लेखापरीक्षण आयोगको प्रमुख आयुक्तमा वीके मान सिंह नियुक्त हुनु भएको छ ।

७. आंगिक संगठन, पेशागत संगठन, विशेष संयन्त्रका फ्र्याक्सन इञ्चार्जहरु तोकिएको छ । आंगिक संगठनको संयोजकको जिम्मा कल्पना धमलालाई दिइएको छ । त्यसैगरी सम्पर्क संयन्त्रको इञ्चार्ज ईश्वर रिजाल र राष्ट्रिय मामिला संयन्त्रको जिम्मेवारी पञ्चलाल महर्जनलाई दिइएको छ ।

८. चैत्र ५ गते प्रदेश १ र २ को संयुक्त भेला लहानमा, चैत्र ७ गते प्रदेश ३ र ४ को संयुक्त भेला चितवनमा र चैत्र १० गते प्रदेश ५, ६ (कर्णाली प्रदेश) र ७ को संयुक्त भेला नेपालगञ्जमा गर्ने निर्णय गरियो ।

९.  संघीय तथा प्रादेशिक संसदमा पार्टीले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने, पार्टीले विजय हासिल गरेको गाउँपालिका र वडाहरुमा नमुना विकास कार्यक्रम लागू गर्ने र अन्य सबै स्थानीय तहमा निगरानी समूहका रुपमा ‘वैकल्पिक सरकार’ गठन गरी सूचनाको हक र जनसरोकारको सवालमा जनपरिचालन गर्ने निर्णय गरियो ।

१०.  २०७५ लाई पार्टीको महाधिवेशन वर्ष बनाउने र सो अनुसार भाद्र र असोजमा स्थानीय तहको सम्मेलन, मंसीर र पुसमा प्रादेशिक अधिवेशन र फागुन १०–१५ मा संघीय महाधिवेशन गर्ने निर्णय गरियो ।

अन्त्यमा, सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध गर्ने र वैकल्पिक राजनीतिलाई बलियो बनाउने संकल्प गर्दै बैठक समापन गरियो ।

धन्यवाद ।

………………….
विश्वदीप पाण्डे
प्रमुख
सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर