newskoseli.Com

रानीपोखरीको पुनर्निर्माणमा थपियो अर्को लफडा, जथाभावी गरेको आरोपसहित मुद्दा दर्ता

नियम विपरीत रानीपोखरीको पुनर्निर्माण गर्न खोजिएको आरोपसहित सम्पदा बचाउ अभियानमा लागेका व्यक्तिहरुको एक समूहले फौजदारी मुद्दा दर्ता गरेको छ ।

महानगरीय प्रहरी कार्यालय टेकूमा दर्ता गरिएको नम्बर ३७१ को उजुरीमा भनिएको छ – ‘कानुनविपरीत काम गर्नेहरुमाथि अनुसन्धान गरी कारबाही होस् ।’

सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३ (१) बमोजिम पुरातत्त्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरे, काठमाडौं महानगरपालिकाको भौतिक पूर्वाधार विकास विभागका निर्देशक उत्तरकुमार रेग्मी र रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएका वर्ल्डवाइड कँडेल जेभीका ठेकेदार अर्जुन कँडेललाई विपक्षी बनाएर मुद्दा दर्ता गरिएको हो ।

रानीपोखरीको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई ध्यान नदिई जथाभावी पुनर्निर्माण गर्न खोजिएकाले संविधानको धारा ३२ ले दिएको अधिकार प्रयोग गरी फौजदारी मुद्दा दर्ता गरिएको सम्पदाप्रेमी मोनालिसा महर्जनले बताइन् ।

२०७२ को भूकम्पले क्षति पुर्‍याएको झन्डै ४ वर्ष लामो इतिहास बोकेको रानीपोखरीको पुनर्निर्माण विवादका कारण स्थगित छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर