newskoseli.Com

प्रधानमन्त्री विमानस्थलमा, ३६ जनाको मृत्यु भएको पुष्टि

प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाबारे जानकारी लिन सोमबार अबेर विमानस्थल पुगे ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएपछि उद्धार प्रयासबारे जानकारी लिन प्रधानमन्त्री ओली विमानस्थल पुगेका हुन् ।

यसैबीच युएस एयरको उक्त विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनास्थलमा २८ जनाको शव संकलन गरिएको छ ।

३१ जनाको उद्धार गरिएकामा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिएका छन् । मृतकको बढ्न सक्ने अनुमान गरिएको छ । घाइतेहरुको राजधानीस्थित केएमसी, नर्भिकलगायतका अस्पतालहरूमा उपचार भइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर