newskoseli.Com

सरकार विस्तारको तयारी, एमालेबाट २ र माओवादी केन्द्रबाट १ मन्त्री थपिँदै

अझैसम्म मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको प्रदेश– ५ मा सोमबार सरकार विस्तारको तयारी हुँदै छ ।

मुख्यमन्त्रीले प्रदेश सरकारमा तीन जना मन्त्री थप्ने तयारी गरेका हुन् । यस पटक एमालेबाट दुई र माओवादी केन्द्रबाट एक गरी तीन मन्त्री थप्ने तयारी भइरहेको छ ।

एमालेबाट लिला गिरी र आरती पौडेललाई मन्त्री बन्दैछन् । गिरीले सामाजिक विकास तथा सहकारी र पौडेलले कृषि मन्त्रालय सम्हाल्नेछन् ।

त्यसैगरी, माओवादी केन्द्रबाट गुल्मी– १ ‘क’ बाट निर्वाचित सुदर्शन बरालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

माओवादीले गुल्मी १ ‘क’ बाट निर्वाचित सुदर्शन बराललाई उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री बनाउने तयारी गरेको छ । फागुन ३ मा मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा ३ सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर