newskoseli.Com

विमान दुर्घटना : बंगलादेश लगिँदै २३ शव…

गत हप्ता भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशी नागरिकको शव बंगलादेश लगिँदैछ ।

बंगलादेशी वायुसेनाको विमान शव सोमबार उनीहरूको स्वदेश लान थालिएको हो । सोमबार बिहान उनीहरुलाई नमाज–ए–जनाजा (मुस्लिम धर्म अनुसारको अन्तिम श्रद्धाञ्जलि) दिएर स्वदेश लग्ने तयारी भएको नेपालस्थित बंगलादेशी दूतावासले जनाएको छ ।

स्वदेश लैजानुअघि दूतावासका अधिकारी र काठमाडौंमा रहेका बंगलादेशी नागरिकले अन्तिम श्रद्धाञ्जलि दिए । गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा २३ बंगलादेशी नागरिकसहित ५१ को निधन भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर