newskoseli.Com

पक्राउ परिन् नक्कली प्रहरी बनेर लाखौं ठग्ने कोपिला

नक्कली सशस्त्र प्रहरी बनेर ठगी गर्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त बालाजुले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिसँग लाखौं ठगी गर्ने सिन्धुपाल्चोक घर भई बालाजु बस्ने कोपिला बोहरालाई सोमबार वृत्तले बालाजुबाट पक्राउ गरेको हो ।

वृत्तका प्रमुख विश्वराज खड्काका अनुसार बोहराले सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक हुँ भनी सशस्त्र प्रहरीको पोशाक लगाई फोटो देखाएर ठगी गरेको अनुसन्धानमा खुल्न आएको छ । बोहराले झन्डै ७ लाख रूपैयाँ ठगी गरेको जानकारी पोखरेलले दिए ।

दैलेख घर भएकी राधा शाहीसँग १ लाख ४५ हजार, सिन्धुपाल्चोककी रेणुका भण्डारीसँग ५० हजार, विमला खड्कासँग १५ हजार, जुनाकुमारी खड्कासँग १२ हजार र मीना सुनुवारसँग १९ हजार रूपैयाँ बोहराले ठगेकी छन् ।

उनीबाट पीडित अन्य व्यक्तिहरू समेत सम्पर्कमा आउने क्रम जारी रहेको वृत्तले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर