newskoseli.Com

राजधानीमा फ्रि वाइफाई : कहाँ–कहाँ, कति क्षमताका ?

काठमाडौं महानगरका ६ ठाउँमा निःशुल्क वाइफाई जडानको सम्झौता भएको छ । वर्ल्डलिङ्क कम्युनिकेसन प्रा.लि. र काठमाडौं महानगरबीच निःशुल्क वाइफाईको सम्झौता भएको हो ।

नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा र वर्ल्डलिङ्क कम्युनिकेसनका निर्देशक विजयकुमार जलानले अाइतबार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार ६० दिनभित्र पशुपतिनाथ, बौद्ध, शंखपार्क, बालाजुस्थित बार्इसधारा उद्यान, स्वयम्भू र वसन्तपुरस्थित हनुमानढोका क्षेत्रमा निःशुल्क वाइफाई सेवा सुरु हुनेछ।

कारणवश ६० दिनभित्र काम पूरा नभए थप ३० दिन म्याद थप हुन सक्ने सम्झौतामा उल्लेख छ । वर्ल्डलिङ्क र महानगरबीच सम्झौताको अवधि ५ वर्ष हुनेछ त्यसपछि म्याद थप्न सकिनेछ । महानगरपालिकाले तोकेका अन्य स्थानमा समेत वर्ल्डलिङ्कले वाइफाई सेवा प्रदान गर्नु पर्नेछ र त्यसो गर्न नसके महानगरले अरु नै सेवा प्रदायकसँग सहकार्य गर्न सक्ने व्यहोरा सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार प्रयोगकर्ताको संख्या वृद्धि भएसँगै वर्ल्डलिङ्कले क्षमता बढाउनु पर्नेछ । तत्काल ६ ठाँउमा मात्र सेवा दिए पनि क्रमशः त्यस्ता स्थान बढाउँदै लगिने काठमाडौं महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले बताएका छन् ।

कहाँ–कहाँ कति क्षमताका ?

पशुपतिनाथः एक्सेस प्वाइन्ट– ११, न्यूनतम प्रयोगकर्ता– २ सयदेखि ७ सयसम्म, स्पिड– १० एमबीपीएस ।

बौद्धः एक्सेस प्वाइन्ट– ४, न्यूनतम प्रयोगकर्ता– २ सय ५० देखि ५ सयसम्म, स्पिड– १० एमबीपीएस ।

शंखपार्कः एक्सेस प्वाइन्ट– २, न्यूनतम प्रयोगकर्ता– ५० देखि २ सयसम्म, स्पिड– १० एमबीपीएस ।

बार्इसधारा उद्यानः एक्सेस प्वाइन्ट– ७, न्यूनतम प्रयोगकर्ता– २ सयदेखि ७ सयसम्म, स्पिड– १० एमबीपीएस ।

स्वयम्भूः एक्सेस प्वाइन्ट– ५, न्यूनतम प्रयोगकर्ता– २ सयदेखि ३ सयसम्म, स्पिड– १० एमबीपीएस ।

हनुमान ढोकाः एक्सेस प्वाइन्ट– ९, न्यूनतम प्रयोगकर्ता– ३ सयदेखि ५ सयसम्म, स्पिड– १० एमबीपीएस ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर