राजधानी उपत्यकालगायत पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा अझै केही दिन पानी पर्ने जल तथा मौसम विभागले जनाएको छ ।
उच्च वायुमण्डलमा पश्चिमी वायुका साथै पूर्वबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसममा बदली भई मेघ गर्जनसहित पानी परेको र यो अवस्था अझै केही दिन रहन सक्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवात कमजोर भएसँगै यसको प्रभाव न्यून हुँदै गएको छ र देशको पश्चिमी हिमाली क्षेत्रमा बदली भइररहेको छ । सामान्यतः मार्च, अप्रिल र मे महिना प्री–मनसुनको समय भएकाले यो समयमा मौसम बदली भई देशका विभिन्न भागमा पानी पर्ने गरेको छ ।
विभागका अनुसार बुधबार पनि सुदूरपश्चिमदेखि पूर्वी पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी परेको छ । तीन दिनयता सबैभन्दा बढी पानी सोमबार परेको थियो । सोमबार सवैभन्दा बढि ५१ एमएम पानी परेको मौसमविद् श्रेष्ठले बताए । उनका अनुसार शनिबारदेखि मौसम सफा हुनेछ ।