newskoseli.Com

‘सेल्फी’ खिच्दा बलबहादुर पुगे प्रहरीको हिरासतमा…

‘सेल्फी’ खिँचेको ‘आरोप’ मा मलेशियामा एक नेपालीलाई त्यहाँको प्रसासनले हिरासतमा राखेर कानुनी कारबाही अघि बढाएको छ ।

रोजगारीको सिलसिलामा मलेशियाको क्वालालम्पुरस्थित सेरेम्बान– २ मा अवस्थित कार्कोसा आवासीय क्षेत्रमा लामो समयदेखि सुरक्षा गार्डको काम गर्दै आएका कोहलपुर, बाँकेका बलबहादुर शाहीले एक जना पाँच वर्षीया बालिकालाई काखमा राखेर सेल्फी खिचेको आरोपमा उनलार्इ प्रहरीले हिरासतमा लिर्इ मुद्दा दर्ता गरेको बताइएको छ ।

काम गर्ने समयमा आफ्नो क्षेत्रभित्र सुरक्षाका लागि गस्ती गर्दै जाँदा अपार्टमेन्ट बाहिर सडकमा खेलिरहेकी एक बालिकासँग एउटा सेल्फी खिँचेका शाही बालिकाका अभिभावकले प्रहरीमा दिएको उजुरीका आधारमा हिरासतमा पुगेका हुन् ।

पक्राउको दुई हप्ता पुग्दासम्म पनि शाहीका आफन्त र घरपरिवारलाई जानकारी नगराई हिरासतमा राखिएको छ । उनीमाथि झुट्टा मुद्धा लगाउने तयारी भइरहेको भन्दै मलेशियामा कार्यरत आशिष तामाङले शाहीलार्इ छुटाउन धेरै पैसा लाग्ने भएकाले जेल चलान हुन सक्ने जानकारी प्रहरीले आफूहरुलार्इ दिएको बताए ।

शाहीलाई स्थानीय भाषाको जानकारी नहुनु, उनी त्यहाँको कानुनबारे अनभिज्ञ हुनु र यसबारे त्यहाँस्थित नेपाली दूतावासलाई जानकारी गराए पनि दूतावासबाट कुनै पहल हुन नसक्नुले अप्ठ्यारो स्थिति आएको तामाङको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर