शुक्रबारदेखि भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा मानार्थ विद्यावारिधिको उपाधि पाएका छन् ।
उत्तराखण्डको पन्तनगरस्थित ‘जीबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजी’ ले ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।
विद्यावारिधिको उपाधि प्रदान गर्न आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन आफू लागिपर्ने प्रतिबद्धता जनाए ।
तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओली आइतबार अपराह्न नै स्वदेश फर्कने कार्यक्रम छ ।