newskoseli.Com

भाटभटेनी सुपर मार्केटमा आगलागी : चार घन्टापछि नियन्त्रण

भाटभटेनी सुपर मार्केटको बुटवलस्थित शाखामा आइतबार आगलागी भएको छ । बिहान ४ बजे सुरू भएको आगलागी ४ घन्टापछि ८ बजे मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बुटवल उपमहानगरपालिका– ८, सुख्खानगरमा रहेको भाटभटेनी सपुर मार्केटको पाँचौं तलाबाट आगलागी सुरू भएको हो । सुपरमार्केटमा इलोक्ट्रोनिक्स सामानहरू राखिएको पाँचौं तलामा रहेका सम्पूर्ण सामान आगलागीबाट जलेर नष्ट भएका छन् । अरु तलामा भने खासै क्षति नभएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिएका छन् ।

रुपन्देहीमा दुई वटा मात्र दमकल भएका कारण आगो नियन्त्रणमा समस्या भएको बताइएको छ । तत्काल बुटवल र भैरहवाबाट आएका दुई वटा दमकलले आगो नियन्त्रणमा लिन नसकेपछि नवलपरासीको रामग्राम, कपिलवस्तु र पाल्पाबाट समेत दमकल बोलाइएको थियो ।

पाँचवटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रण गरेका हुन् । पाँचौं तल्लामा आगलागी भएको र सुपर मार्केट वरिपरी अरू समेत घरहरू नभएका कारण पानी हाल्न अग्नि नियन्त्रकलाई कठिनाइ भएको थियो ।

सुपर मार्केट बन्द भएको समयमा आगलागी भएका कारण मानवीय क्षति नभएको प्रहरीले जनाएकाको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर