newskoseli.Com

नयाँ आईजीपीद्वयले सम्हाले कार्यभार…

नवनियुक्त नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका प्रमुख शैलेन्द्र खनालले बुधबारै कार्यभार समालेका छन् । नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल र सशस्त्र प्रहरी बलका प्रमुख सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण अवकाश पाएपछि सरकारले मंगलबार दुवै प्रहरी संगठनका नयाँ प्रमुख नियुक्त गरेको थियो ।

दुबै आर्इजीले फुली भने बिहीबार मात्रै लगाउने भएका छन् । बिहीबार बिहान फुली लगाउने कार्यक्रम राखिएको गृह मन्त्रालयले जनाएको छ । नवनियुक्त आर्इजीपीद्वयलाई गृहसचिवले फुली लगाइदिने प्रचलन छ ।

नेपाल प्रहरीका महानिरीक्षकसहित १५ जना एआर्इजी, ९ जना डीआर्इजी र २ जना एसएसपीले बुधबारदेखि नै अवकाश पाउँदैछन् । अवकाश पाउने सबै अधिकारीलाई प्रहरी प्रधान कार्यालयले एकैसाथ बिदाई गर्ने तयारी गरेको छ ।

जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, विजय भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङमार लामा, मधु पुडासैनी, केशरीराज घिमिरे, विजयलाल कायस्थ, माधव जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ र पशुपति उपाध्याय अवकाश पाउन लागेका एआर्इजीहरू हुन् ।

त्यसैगरी केदारमानसिंह भण्डारी, गणेश केसी, सुदीप आचार्य, रमेश रञ्जित, रोमेन्द्रसिंह देउजा, गोविन्द निरौला, भोगबहादुर थापा, पुष्प रञ्जित र पुस्कल रेग्मी अवकाश पाउन लागेका डीआइजीहरू हुन् । उनीहरूको अवकाशसँगै अब नेपाल प्रहरीमा प्राविधिकतर्फका १ जना मात्र एआर्इजी बाँकी रहने भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर