newskoseli.Com

इलाममा शक्तिशाली बम विष्फोट, चुलाचुली गाउँपालिका भवन ध्वस्त

इलामको चुलाचुली गाउँपालिका भवनमा शक्तिशाली बम विष्फोट भएको छ । शनिबार राति ९ बजे अज्ञात समूहले गराएको बम विष्फोटबाट गाउँपालिका भवन ध्वस्त भएको छ ।

विष्फोटबाट भवनको सभाहल र कार्यपालिकाको बैठक कक्षमा पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनसार विष्फोटबाट दुईतले भवनको छतमा भ्वाङ परेको छ भने छाना समेत उडेको छ ।

घटनास्थलमा प्रेसर कुकर फुटेका पाप्रापाप्री र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले अनुमान लगाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर