newskoseli.Com

ओली–प्रचण्डबीच ‘वान–टु–वान’ छलफल, संयोजन समितिको बैठक सोमबार मात्र…

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार अपराह्न ‘वान–टु–वान’ छलफल हुने भएको छ ।

एमाले नेता सुवास नेम्वाङले दिएको जानकारी अनुसार पहिले दुई अध्यक्षबीच ‘वान–टु–वान’ वार्ता भएपछि मात्रै पार्टी एकता संयोजन समितिको बैठक बोलाएर सहमति जुटाउन प्रयास गरिने तयारी भएको हो । उनका अनुसार ओली र प्रचण्डको ‘वान–टु–वान’ छलफलपछि सोमबारसम्ममा पार्टी एकता संयोजन समितिको बैठक बोलाइने भएको छ ।

अध्यक्षद्वयबीच हुने वार्ताको स्थान र समय खुलाइएको छैन । चैत ३० मा रारातर्फ गएका प्रधानमन्त्री ओली आइतबार काठमाडौं आइसकेका छन् । केही दिनयता उपत्यकाबाहिरका कार्यक्रममा व्यस्त रहेका माओवादी अध्यक्ष प्रचण्ड पनि राजधानी आइपुगेका छन् ।

नेताहरु बाहिरी कार्यक्रममै बढ्ता व्यस्त रहनु परेकाले एकताबारे छलफल हुन नसके पनि अब ठोस परिणाम आउने गरी छलफल हुने दावी एमाले नेता नेम्बाङले गरेका छन् । ‘एकताबारे यतिबेला जे–जस्ता चर्चा चलेका छन्, तिनमा कुनै सत्यता छैन, मिल्न बाँकी विषयमा दुई नेताहरुबीच सौहार्द्रपूर्ण छलफल हुन्छ र ९ गते नै पार्टी एकता घोषणा हुन्छ’– नेम्बाङले भने ।

एकातिर माओवादी अध्यक्ष प्रचण्डले सम्मानजन एकताको विषय अगाडि सारेका छन् भने अर्कातिर प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति माओवादी नेताहरुले गम्भीर असन्तुष्टि जनाएका छन् । यिनै पृष्ठभूमिमा ओली–प्रचण्डबीचको वार्तालार्इ सर्वत्र अर्थपूर्ण रूपमा हेरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर