newskoseli.Com

ग्रान्डी अस्पतालको छैटौं तलाबाट हामफालेर १६ वर्षे युवकले किन गरे आत्महत्या ?

ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचारका लागि भर्ना भएका १६ वर्षीय युवकले सोही अस्पतालको छैटौं तलाबाट हामफालेर आत्महत्या गरेका छन् ।

फेदीखोला, स्यांङ्जाका १६ वर्षीय कृष्ण क्षेत्री फागुन २० मा उक्त अस्पताल भर्ना भएका थिए । शुक्रबार साँझ साँढे ४ बजे उनले अस्पतालको छैटौं तलाबाट हाम्फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताएका छन् ।

चेकजाँचका क्रममा क्यान्सर भएको पत्तो पाएपछी ‘अब बाँच्दिनँ’ भन्ने लागेर नै उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ । उनको कुरूवा बसेकी आमा शौचालय गएको मौका छोपी कृष्णले छैटौं तलाबाट तल जमिनमा हामफालेका हुन् ।

कृष्णको उपचारमा लागको सम्पूर्ण खर्च मिनाहा गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर