newskoseli.Com

पत्रकार पन्थीको ‘कम्पन’ : ३ पूर्वप्रधानमन्त्रीले विमोचन गर्दै

तीन पूर्वप्रधानमन्त्रीहरुले संयुक्त रुपमा पत्रकार किशोर पन्थीको पहिलो पुस्तक ‘कम्पन’ को विमोचन गर्ने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा (एमाले) का नेता माधव नेपालले संयुक्त रुपमा पुस्तकको विमोचन गर्ने भएका हुन् । वैशाख १० गते विमोचन गर्न लागिएको सो पुस्तकमा २०७२ मा गएको विनासकारी भूकम्पपछिका वास्तविक घटनाक्रमहरुलाई मुख्य रुपमा प्रस्तुत गरिएको जानकारी लेखक पन्थीले दिएका छन् ।

विशेषतः भूकम्पपछि जनताले भोग्नुपरेको समस्या, गर्नुपरेको संघर्ष, विपतका बेला झल्किएको जीवनको अर्थ, आशा र नयाँ सुरुआतलगायतका विषयवस्तुलाई मर्मस्पर्षी रुपमा पुस्तकमा समेट्ने कोशिस गरिएको पन्थीले बताए ।

पछिल्लो समय अमेरिकामा बसेर खोज पत्रकारितामा संलग्न पन्थीले आफ्नो पुस्तकको विमोचन भने नेपालबाटै गर्दैछन् । न्युयोर्कबाट प्रकाशन हुने खसोखास साप्ताहिकका प्रधान सम्पादक समेत रहेका पन्थी अमेरिकाको विदेश मन्त्रालयबाट मान्यता पाउने पहिलो नेपाली पत्रकार हुन् ।

उनले विशेषतः अमेरिकी अध्यागमन, नेपाली समुदायका मुद्धाहरु एवं सामाजिक विषयमा कलम चलाउँदै आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर