newskoseli.Com

ओली–प्रचण्डबीच फेरि ३ घन्टे ‘वन–टु–वन’ !

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार फेरि ३ घन्टे ‘वन–टु–वन’ वार्ता भएको छ ।

दुई पार्टीबीच एकताका निम्ति टुंगिन बाँकी विवादित तीन विषयमा सहमति जुटाउन ओली–प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेदेखि झन्डै १२ बजेसम्म वार्ता भएको हो । नमिलेका विषयलाई मिलाएर अगाडि बढ्ने सहमति दुई नेताबीच भएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।

पार्टी एकताका निम्ति सहमति जुट्न बाँकी विषयमा सहमति खोज्दै प्रतिवेदनलार्इ अन्तिम रूप दिन एकता संयोजन समितिको ४ वैशाखको बैठकले जिम्मेवारी दिएपछि दुर्इ नेताबीच केही पटक यस्तै छलफल चलिसकेका छन् । केन्द्रीय समितिमा दुई पक्षलाई समेट्ने अनुपात, दस्तावेजमा जनयुद्धलाई समेट्ने विधि र एकीकृत पार्टीले प्रयोग गर्ने चुनाव चिह्नबारे सहमति जुटाउन ओली–प्रचण्ड वार्तामा बसेका हुन् ।

विवादित विषयमा दुई अध्यक्षबीच सहमति जुटेपछि मात्र संयोजन समितिको बैठक बोलाउने सहमति संयोजन समितिको वैशाख ४ को बैठकमा भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर