newskoseli.Com

प्रहरीको दावी : सिन्धुलीमा विप्लवको ‘सैन्य बेसक्याम्प’ !

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बेसक्याम्प राखेर सैन्य तालिम चलाएको सूचना पाएको दावी गरेको छ ।

प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर विप्लव पार्टीले हरिहरपुरगढी गाउँपालिकामा पूर्वी कमाण्डको बेसक्याम्प बनाउन थालेको र नेत्रविक्रम चन्दले वैशाख ५ गते सैन्य तालिमको समापन गरेको जानकारी प्राप्त हुनासाथ प्रहरीले त्यस क्षेत्रमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी नायब निरीक्षक विनोद शर्माले यस्तो दावी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा विप्लव नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको जनाएको छ । हरिहरपुरगढी गाउँपालिका– ६, कोवा डाँडाबाट शुक्रबार दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित पक्राउ गरेको दावी प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा शनिबार पत्रकार सम्मलेन गरी पक्राउ गरिएका व्यक्तिको विवरण र बरामद सामानबारे जानकारी गराइएको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका– १० निवासी विप्लव पार्टीका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय सदस्य २२ वर्षीय राजन बस्नेत र सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका– ७ बस्ने अखिल क्रान्तिकारी विद्यार्थी संगठन सिन्धुलीका जिल्ला अध्यक्ष २० वर्षीय पूर्णबहादुर भुजेललाई पक्राउ गरिएको प्रहरी नायब निरीक्षक शर्माले जानकारी दिए ।

पक्राउ गरिएकामध्ये बस्नेत यसभन्दा अगाडि चन्दा संकलन मुद्दामा पक्राउ परी अदालतबाट दुई हजार धरौटी राखी तारेखमा छुटेका हुन् । उनीहरुको साथबाट जिलेटिन–नियोजेल ९००– ५७ थान, डेटकर्ड तार अन्दाजी दुई मिटर, डिजिटल मल्टिमिटर दुई थान, कैची एक थान, डेटोनेटर तीन पिस, मोबाइल दुई थान, ३ हजार ८ सय रूपैयाँ नगद, बा ३८ प ४२८६ नम्बरको कालो रङको पल्सर बाइक र क्यानखोला नियन्त्रण उपभोक्ता समिति, सिन्धुली लेखिएको स्ट्यामप्याड छाप एक थान बरामद गरिएको प्रहरी नायब जानकारी उपरीक्षक शर्माले दिए ।

विष्फोटन समानमासहित विप्लवका कार्यकर्ता पक्राउ गर्न सफल प्रहरी टोलीलाई आफूले हिजैराति कार्यालयमा आउनासाथ पुरस्कृत गरेको पनि शर्माले जानकारी दिए ।

चैत १९ गते राति धरान चतारा सडक निर्माणमा प्रयोग गरिएका कालिका कन्स्ट्रक्सनका पार्किङ गरी राखिएका सवारीमा आगलागी र बम विष्फोट गराई ३ करोड रूपैयाँ भन्दा बढीको क्षति गरेपछि अहिले त्यस क्षेत्रमा विशेष प्रहरी परिचालन गरी विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको दावी समेत उनले गरे । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर