newskoseli.Com

ब्यानरको निहुँमा सभागृहमा लफडा : लेनिन जयन्तीमा लेनिनकै फोटो गायब (भिडियोसहित)

अन्तर्राष्ट्रिय सर्वहारा वर्गका नेता भी.आई. लेनिनको जन्मजयन्ती एवं नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आइतबार एमाले–माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा गर्ने प्रयास थियो ।

तर, आइतबार दुई पार्टीबीच एकताको घोषणा त भएन, बरु दुई पार्टीका मझौला नेता–कार्यकर्ताबीच झन्डै हात हालाहाल पो भयो । आइतबार पार्टी एकताको घोषणा हुन नसकेपछि ओली–प्रचण्डले सम्बोधन गर्दै ‘छिट्टै एकता हुने सन्देश दिन’ आयोजित कार्यक्रमको मूल ब्यानरमा मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिनका तस्बिर त थिएनन् नै– स्वयं लेनिनको समेत तस्बिर थिएन ।

ब्यानरमा केपी ओली र प्रचण्डका ठूला तस्बिर अग्रभागमा र माथि सानो आकारमा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीका तस्बिर अंकित थिए । यसअघि सधैं मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओका तस्बिर अंकित ब्यानर प्रयोग गर्दै आइरहेका माओवादी कार्यकर्तामा यो ब्यानरको दृश्यले ठूलै झड्का दियो । फलतः दुई पक्षबीच चर्कियो विवाद । र, अन्ततः कार्यक्रम नै केही घन्टा ढिलो गरेर उक्त ब्यानर हटाएर अर्को ब्यानर प्रयोग गरिएको आयोजकहरु बताउँछन् ।

सभागृहको लफडा हेर्नोस् भिडियोमा…

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर