newskoseli.Com

प्रमुख निर्वाचन आयुक्तको ललिपुरस्थित घरमा बम विस्फोट

ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा आइतबार साँझ बम विस्फोट भएको छ ।

लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोटको पुष्टि गरेका छन् । प्रहरीका अनुसार आक्रमणकारीले विस्फोट गराएको एउटा बम बाहेक घरनजिकै अर्को शंकास्पद वस्तु समेत फेला परेको छ ।

कुन प्रकारको बम विस्फोट गराइएको भन्ने अझै खुलिसकेको छैन । कसले र के उद्धेश्यले विष्फोट गराइएको भन्ने कुरा पनि अज्ञात नै छ । विस्फोटबाट घरको कम्पाउन्ड पर्खाल र झ्यालका सिसामा ठूलै क्षति पुगेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर