newskoseli.Com

को हुन् राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका एमाले लेखाआयोग प्रमुख पुष्प कँडेल ?

 

एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्प कँडेललाई सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कँडेललाई योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

बनिघाट, धादिङका कँडेलले कर प्रणालीमा विद्यावारिधि (पीएचडी) गरेका छन् । उनी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायमा प्राध्यापक समेत थिए । सहप्राध्यापकका रुपमा ज्ञिवि सेवा प्रवेश गरेका उनले विश्वविद्यालयमा ३० वर्ष पढाएर ३ वर्षअघि मात्रै प्राध्यापकबाट राजीनामा दिएका हुन् ।

२ सन्तानका पिता कँडेलकी श्रीमती सरकारी कर्मचारी हुन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मंगलबार बिहान भएको छलफलमा सहमति भएअनुसार उन योजना आयोगको उपाध्यक्षमा नियुक्त भएको बताइएको छ ।

मन्त्रिपरिषदको मंगलबारकै बैठकले योजना आयोगको सदस्यमा उषा झा, दिलबहादुर गुरुङ, सुशील भट्ट, कृष्णप्रसाद ओली, मीनबहादुर शाही र रामकुमार फुयाँललाई समेत नियुक्त गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर