newskoseli.Com

सिन्डिकेटलार्इ सघाएका सामाखुशी–पुरानो बसपार्क माइक्रोको रुटपरमिट खारेज

 

सिन्डिकेट खारेजको विरोधमा शुक्रबार हड्ताल गर्दै गाडी थन्क्याउनेहरूमाथि सरकारले कारबाही थालेकाे छ । यस क्रममा नयाँ बसपार्कबाट सामाखुशी हुँदै पुरानो बसपार्कसम्मको माइक्रोको रुटपरमिट शुक्रबार नै खारेज गरिएको छ ।

उक्त रुटमा इजाजत लिएर पनि कुनै प्राविधिक समस्याविनै गाडी नचलाउने व्यवसायीहरुको रुटइजाजत खारेज गरिएको जानकारी यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले दिएका छन् । उनका अनुसार करिव ९ किलामिटर लामो त्यस रुटमा नयाँ इजाजत खुला गरिएको छ र उक्त रुटमा सेवा दिन चाहनेले इजाजत लिएर बस सेवा सञ्चालन गर्न सक्नेछन् ।

यातायात व्यवस्था विभागको टोलीले त्यस रुटमा निरीक्षण गरेर व्यवसायीले गाडी नचलार्इ यात्रुलार्इ सास्ती दिएको भेटेकाले यस्तो निर्णय लिएको हो । हालै सरकारले राजपत्रमा सूचना प्रकाशन गरी अत्यावश्यक वस्तु तथा सेवा रोक्न नपाइने निर्णय गरेकामा त्यसको अवज्ञा गर्दै व्यवसायीले गाडी नचलाएपछि विभागले कडा कदम चालेको हो ।

‘आज गाडी नचलाएका सबै गाडीको रुट खारेज गरेका छौं’– यातायात व्यवस्था विभागका प्रवक्ता अर्यालले भने । यो रुटमा गुड्ने कुनै पनि माइक्रो बसहरू शुक्रबार चलेनन् । ‘एस–फाइभ रुट’ भनिने यस रुटमा सामाखुशी यातायात अन्तर्गतका २६ वटा माइक्रो बस रहेको विभागको अनुमान छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर