NewsKoseli.Com

बलात्कारपछि जलाएर किशोरीको हत्या !

काठमाडौं, २४ वैशाख ।

भारतको झरखण्ड राज्यकी एक किशोरीलाई सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ ।

आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबु–आमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जनलाइएको प्रहरीलई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

किशोरीको सामूहिक बलात्कारपछि हत्यामा संलग्न मुख्य संदिग्ध सहित १४ जनाको पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । घटनामा आरोपित १५ मध्ये १५ जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

धानु भुइयान नामका व्यक्ति र उनका सहयोगीहरुको गत शुक्रबार १६ वर्षीया किशोरीलाई जिउँदै जलाएको आरोपमा पक्राउ गरिएको झारखण्ड प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर