भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा अाएका छन् । जनकपुरबाट सुरू मोदीकाे भ्रमणका क्रममा उनी मुक्तिनाथ दर्शनका लागि मुस्ताङसम्म पुग्ने कार्यक्रम छ ।
यस्तो छ मोदीको भ्रमण–तालिकाः
वैशाख २८ गते शुक्रबार:
बिहान ९ः१५ बजे– हेलिकप्टरबाट जनकपुरमा अवतरण ।
९ः३०– जानकी मन्दिरमा पूजा ।
१०ः१५– बाह्रबिघा मैदानका लागि प्रस्थान । नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन ।
१ः३०– हेलिकप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान ।
४ः००– गार्ड अफ अनरका लागि चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान ।
४ः३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुरभवनस्थित निवासमा ।
५ः००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतलनिवासमा ।
६ः००– महाराजगञ्ज, चाबहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने । त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट ।
बैशाख २९ गते शनिबार:
बिहान ६ः००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान ।
८ः३०– मुक्तिनाथमा पूजा ।
१०:३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता ।
१०ः४०– विमानस्थलबाट सीधै पशुपतिनाथ दर्शनका लागि मन्दिर प्रस्थान ।
११ः३०– होटल हायात प्रस्थान ।
२ः००– महाराजगञ्ज, चाबहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान ।
३ः३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उदघाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान ।