newskoseli.Com

हत्या आरोपमा कटहरियाका मेयर पक्राउ, प्रतिशोधमा फैसला आएको आरोपीको जिकिर

माओवादी केन्द्रका युवानेता, वार्इसीएल नेपालका पूर्व केन्द्रीय सचिव एवं कटहरिया नगरपालिका, रौतहटका मेयर सियाराम कुशवाह ‘फिरोज’ लाई प्रहरीले बिहीबार राजधानीबाट पक्राउ गरेको छ ।

वीरगञ्ज– १३, मसानघाटस्थित शिवपार्वती मन्दिर नजिकै १२ असार, २०६७ मा हिन्दू युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको हत्या भएको थियो । सोही हत्या प्रकरणमा आरोपित कुशवाहलाई जिल्ला अदालत बाराले सफाई दिइसकेको थियो । तर, उच्च अदालत जनकपुरले जिल्ला अदालतको उक्त फैसला उल्ट्याउँदै कुशवाहविरूद्ध जन्मकैदको फैसला सुनाएको थियो ।

उच्च अदालतको फैसला अनुरूप कुशवाहलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआर्इबी) को टोलीले पक्राउ गरेको हो । आरोपी २८ वर्षीय कुशवाह भने हथियाही– ५, जमुनियाटोला, रौतहटका वासिन्दा हुन् ।

आरोपीत कुशवाहहले भने घटनाका दिन अर्थात् १२ असार, २०६७ मा आफू काठमाडौंमा रहेकाले तिवारीको हत्या घटनामा आफ्नो कहीं–कतैबाट संलग्न नरहेको पुष्टि जिल्ला अदालतबाट हुँदाहुँदै उच्च अदालतले राजनीतिक प्रतिशोधका आधारमा आफूविरूद्ध फैसला गरेको बताएका छन् ।

गत वर्ष सम्पन्न स्थानीय तहको चुनावबाट मेयरमा निर्वाचित भएलगत्तै उनले वार्इसीएलको केन्द्रीय सचिव पदबाट राजीनामा दिएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर