newskoseli.Com

भारतीय प्रधानमन्त्री मोदी नेपालमा (लाइभ भिडियो)

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा जनकपुर आइपुगेका छन् । ४१ सदस्यीय टोलीको नेतृत्व गर्दै मोदी जनकपुर आइपुगेका हुन् । उनी एयर इन्डियाको विमानबाट नयाँ दिल्लीबाट जनकपुर विमानस्थल ओर्लिए ।

जनकपुरमा मोदीलाई नेपालका रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरे । विमानस्थलबाट मोदी जानकी मन्दिर जाँदैछन्, जहाँ उनलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्दैछन् ।

जानकी मन्दिरमा नेपाल–भारतका समकक्षीले संयुक्त पूजा–अर्चना गर्ने बताइएको छ । पूजापश्चात मोदीलाई जनकपुर उपमहानगरपालिकाले ‘नागरिक अभिनन्दन’ गर्ने कार्यक्रम छ ।

हेर्नोस् लाइभ भिडियो–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर