newskoseli.Com

मोदीको आगमनसँगै वैद्य माओवादीका आधा दर्जन कार्यकर्ता पक्राउ

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं आगमनसँगै मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का ६ कार्यकर्ता पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो १ बजे सो पार्टीसम्बद्ध क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष आकाशलाई राजधानीको संकटाबाट तथा असनस्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको जिल्ला कार्यालयबाट हरिकृष्ण गजुरेल, गोर्की श्रेष्ठ, बोजराज श्रेष्ठ, विकास तामाङ र प्रकाशचन्द्र ढकाललाई नेपाल प्रहरीले गिरफ्तार गरेको क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले जनाएका छन् ।

महासचिव वैद्यद्वारा शुक्रबार प्रेषित विज्ञप्तिमा लेखिएको छ– ‘ओली सरकारको यो निरंकुश र दमनकारी हर्कतको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ र गिरफ्तार गरिएका सबैलाई शिघ्र रिहाईको जोडदार माग गर्दछ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर