newskoseli.Com

ओली–मोदी एक्लाएक्लै वार्तामा के–के भए कुराकानी ?

 

शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच राजधानीस्थित द्वारिकाज होटलमा एक्लाएक्लै ( वन–टु–वन वार्ता ) भएको छ ।

दुई देशका प्रधानमन्त्रीबीचको वार्ता सकिएपछि दुई देशका प्रतिनिधिमण्डलबीच छलफल भएको छ । दुई प्रधानमन्त्रीले संयुक्त रुपमा शुक्रबार साँझ नै अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास समेत हुँदैछ ।

शुक्रबार दिउँसाे जनकपुर हुँदै राजधानी अाइपुगेपछि मोदीले शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग समेत छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् । यसअघि अपराह्न राजधानीमा उनलार्इ ‘गार्ड अफ अनर’ प्रदान गरियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर