newskoseli.Com

रात्रीबस दुर्घटना, ६ जनाको मृत्यु, २ जनाकाे सनाखत

 

महेन्द्रनगर (कञ्चनपुर) बाट प्यूठानको खलंगाका लागि छुटेको बस शनिबार राति अबेर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतकमध्ये दुई जनाको सनाखत भएको छ ।

नेपाली सेनामा कार्यरत २५ वर्षिय हरिबहादुर मल्ल र कैलाली चौमालाका २६ वर्षिय चालक वीरबहादुर थारूको शव सनाखत भएको प्रहरीले जनाएको छ ।

ना ४ ख १८७६ नम्बरको रात्रीबस भालुवाङ-प्यूठान सडकखण्डअन्तर्गत प्यूठानको सरुमारानी गाउँपालिका वडा नं ४ स्थित पाकुरी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बस काटेर शव निकालिएको छ । दुर्घटनाका बारेमा आइतबार बिहान ३ बजे जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलको कमान्डमा ४० जनाको टोली घटनास्थलमा खटिएको छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर