newskoseli.Com

विप्लवको बन्द : देशैभर कहाँ–कहाँ, के–के भए ?

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबारका लागि आह्वान गरेको नेपाल बन्दको देशभर प्रभाव परेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा उदघाटन गरिएको अरूण– ३ आयोजनाको विरोधमा नेकपाले आह्वान गरेको बन्दका कारण यातायात ठप्प हुँदा आ–आफ्नो गन्तव्यमा जान खोज्ने यात्रु समस्यामा परेका छन् । राजधानी उपत्यकामा भने बन्दको असर ज्यादै न्यून देखिएको छ ।

वीरगञ्ज बसपार्कमा आगजनीः वीरगञ्जको बसपार्कमा १५ दिनदेखि रोकिइराखेको वीरगञ्ज–ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक बसमा आइतबार बिहानै आगजनी भएको छ । आगजनीबाट बस पूर्णरुपमा जलेको पर्सा प्रहरीले जनाएको छ ।

धादिङमा पनि आगजनीः धादिङमा भारतीय नम्बर प्लेटको दुई वटा ट्रकमा आगजनी भएको छ । धादिङको धुनिबेंशी– ६ चालिसे बजारमा बिहान २ः३० बजे दुई वटा २० चक्के ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आर.जे. ४२ जी.ए. ५०२१ र आर.जे. ४२ जी.ए. ०७५६ नम्बरका गाडीमा आगजनी भएको हो । आगलागीबाट जलेर गाडी पूर्णरुपमा नष्ट भएका छन् ।

वस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिइराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भए पनि आगलागीबाट मानवीय क्षति भएको छैन । आगलागीपछि विद्युतको तार जल्दा विद्युत् सेवा अवरुद्ध भएको छ । प्रहरीका अनुसार गाडीका चालक र चालकदलका सदस्य गाडी रोकेर बास बसिरहेका थिए ।

ठाउँठाउँमा बम विस्फोटः आइतबार बिहानै चितवनको भरतपुरमा रहेको भाटभटेनी सुपर मार्केट अगाडि बम विस्फोट भएको छ । विस्फोटबाट सुपर मार्केटका सिसाहरु फुटेक छन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको दावी प्रहरीले गरेको छ ।

आइतबार बिहानै चितवनको लोथरमा पनि वम विस्फोट भएको छ । पूर्व–पश्चिम राजमार्गमा बिहानै सुतली बम विस्फोट भएको जानकारी प्रहरीले दिएको छ ।

नेकपाले शनिबार विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा ओली सरकारले गरेको राष्ट्रघात र नेपाली जनताको स्वाभिमानमाथि गरिएको कुठाराघातको प्रतिरोध अनिवार्य भएकाले वैशाख ३० मा नेपाल बन्द आह्वान गरिएको जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर