newskoseli.Com

विप्लवका कार्यकर्ताद्वारा प्रहरी टोलीमाथि आक्रमण : पक्राउ परेका कार्यकर्ता खोसिए

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सोमबार प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरेका छन् । डोल्पामा प्रहरीमाथि आक्रमण गरेर सो पार्टीका कार्यकर्ताले प्रहरीद्वारा पक्राउ आफ्ना साथी छुटाएर लगेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल आगमनका क्रममा राष्ट्रियताविरोधी काम भएको भन्दै विप्लवको पार्टीले आइतबार नेपाल बन्दको आह्वान गरेको थियो । सोही बन्दको सिलसिलामा आइतबार ती कार्यकर्ता पक्राउ परेका थिए ।

नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अभियोगमा त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका– ९ घर भएका नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कमिटी सदस्य (डीसीएम) सागर शाहीलाई त्रिपुराकोट प्रहरीले पक्राउ गरेर राखेको थियो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आइतबार मात्रै सुरक्षा निकायका प्रमुखलाई कानुविपरीत तथा संविधानविरोधी कार्य गर्नेलाई नछाड्न निर्देशन दिएकै भोलिपल्ट विप्लवका कार्यकर्ताले प्रहरीमाथि हमला गरी पत्क्राउ परेका व्यक्ति छुटाएर लगेका हुन् । शान्तिसुरक्षा र विपत् व्यवस्थापनलगायत विषयमा प्रदेश– ४ स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री बादलले त्यस्तो निर्देशन दिएका थिए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर