newskoseli.Com

माओवादी नेता भन्छन्– ‘सजिलो छैन पार्टी एकता’…

 

पूर्वमन्त्री, नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद टोपबहादुर रायमाझीले एमाले–माओवादी केन्द्रबीचको एकता ‘भनेजस्तो सजिलो’ नभएको बताएका छन् ।

‘आवश्यक्ता परेर चुनावमा तालमेल गरिएको हो तर पार्टी एकता नै गर्ने भन्ने कुरा भनेजस्तो सजिलो छैन,’ रिपोर्टर्स क्लबले मंगलबार सन्धिखर्कमा आयोजना गरेको साक्षात्कारमा बोल्दै रायमाझीले भने– ‘एकता असम्भव पनि छैन तर सम्मानजन हैसियतमा मात्रै पार्टी एकता गर्नुपर्छ र त्याे कहिले हुन्छ भनेर मिति तोकिहाल्न सक्ने अवस्था अहिले छैन ।’

बजेटजति सबै स्थानीय तह र प्रदेश सरकारलाई दिएर संघलाई रित्तो बनाउनु नहुने समेत उनले बताए । संघ सरकार, मन्त्री र सांसदलाई पनि विकास योजनासहितका बजेटको व्यवस्था गर्नुपर्ने धारणा रायमाझीले राखे ।

हालै भएकाे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशको सम्बन्ध थप बलियो भएको समेत उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर