newskoseli.Com

को–को परे ४ पदाधिकारी, ९ सदस्यीय ‘हेडक्वार्टर’ र ४५ सदस्यीय स्थायी समितिमा ?

 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकताबद्ध भई नयाँ बनेको नेपाल कम्युनिस्ट पार्टीमा ४ पदाधिकारी, ९ सदस्यीय ‘हेडक्वार्टर’४५ सदस्यीय कमिटी बनाइएको छ ।

केन्द्रीय कमिटीमा भने ४ सय ४१ जना रहेका छन् । सबैले बिहीबारै केन्द्रीय कमिटीको बैठकमा सहभागी भएर निर्णय पुस्तिकामा हस्ताक्षर गर्नुका साथै सपथ ग्रहण समेत गरिसकेका छन् ।

केपी शर्मा ओलीपुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैजना अध्यक्ष रहने पहिल्यै सहमति भइसकेको नयाँ पार्टीमा विष्णु पौडेल महासचिवनारायणकाजी श्रेष्ठ प्रवक्ता रहने निर्णय भएको छ ।

उल्लेखित चार नेतासहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ रहेको ९ सदस्यीय पार्टी ‘हाइ कमान्ड’ समेत सो पार्टीले गठन गरिसकेको छ ।

दुवै पार्टीका तर्फबाट वरिष्ठ नेताहरु सम्मिलित स्थायी समितिमा पूर्ववत् एमालेबाट २६ र पूर्ववत् माओवादी केन्द्रबाट १९ जना सम्मिलित हुने समझदारी भएको छ । को–को हुन् त एमाले र माओवादी केन्द्रबाट नयाँ पार्टीको स्थायी कमिटीमा रहने नेताहरु ?

पूर्ववत् एमालेको तर्फबाट स्थायी कमिटीमा रहने नेताहरु

१. केपी शर्मा ओली, झापा
२. झलनाथ खनाल, इलाम
३. माधवकुमार नेपाल, रौतहट
४. वामदेव गौतम, बर्दिया
५. सुवासचन्द्र नेंवाङ, इलाम
६. भीम रावल, अछाम
७. युवराज ज्ञवाली, दाङ
८. अष्टलक्ष्मी शाक्य, काठमाडौ
९. इश्वर पोखरेल, काठमाडौ
१०. विष्णु पौडेल, रुपन्देही
११. घनश्याम भुसाल, रुपन्देही
१२. प्रदिप ज्ञवाली, गुल्मी
१३. भीम आचार्य, सुनसरी
१४. पृथ्वी सुब्बा गुरुङ, लमजुङ
१५. गोकर्ण विष्ट, गुल्मी
१६. योगेश भट्टराई, ताप्लेजुङ
१७. शङ्कर पोखरेल, दाङ
१८. मुकुन्द न्यौपाने, बारा
१९. सुरेन्द्र पाण्डे, चितवन
२०. छविलाल विश्वकर्मा, रुपन्देही
२१. सत्यनारायण मण्डल, सप्तरी
२२. किरण गुरुङ, तनहुँ
२३. अमृत बोहरा, सिन्धुपाल्चोक
२४. केशव बडाल, काभ्रे
२५. सोमनाथ अधिकारी प्यासी

पूर्ववत् माओवादी केन्द्रबाट स्थायी कमिटीमा रहने नेताहरु

१. पुष्पकमल दाहाल ‘प्रचण्ड’, चितवन
२. नारायणकाजी श्रेष्ठ, गोरखा
३. रामबहादुर थापा, चितवन
४. टोपबहादुर रायमाझी,अर्घाखाँची
५. अमिक शेरचन, चितवन
६. जनार्दन शर्मा, पश्चिम रुकुम
७. वर्षमान पुन, रोल्पा
८. देवप्रसाद गुरुङ, लमजुङ
९. पम्फा भुसाल, ललितपुर
१०. गिरिराजमणि पोखरेल, महोत्तरी
११. मातृकाप्रसाद यादव, धनुषा
१२. अग्नि सापकोटा, सिन्धुपाल्चोक
१३. ओनसरी घर्ती, रोल्पा
१४. लेखराज भट्ट, कैलाली
१५. शक्ति बस्नेत, जाजरकोट
१६. हरिबोल गजुरेल, सिन्धुली,
१७. लिलामणि पोखरेल, काठमाडौ
१८. राम कार्की, झापा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर