newskoseli.Com

प्रकाशराज पाण्डेले चुमे सगरमाथा शिखर

 

रामेछापका युवा प्रकाशराज पाण्डेले विश्व सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण सम्पन्न गरेका छन् ।

लिखु तामाकोसी गाउँपालिका– ७, तिल्पुङमा जन्मिएका पाण्डेले यसअघि विभिन्न हिमशिखरहरूको सफल आरोहण गरिसकेका छन् ।

२६ वर्षीय पाण्डेले यसअघि नै तीन पटक अग्ला शिखरहरुको आरोहण गरिसकेका छन् ।

सन् २०१६ र १७ मा गरी दुई पटक रसुवाको लाङटाङस्थित ५ हजार ८ सय ९० मिटर अग्लो ‘बेडेन पावेल स्काउट पिक’ आरोहण गरिसकेका पाण्डेले सन् २०१७ मै सोलुखुम्बुस्थित ६ हजार १ सय ६० मिटर अग्लो ‘आइल्याण्ड पिक’ समेत सफलतापूर्वक आरोहण गरिसकेका छन् ।

नेपालको झन्डा, रामेछाप जिल्लाको नक्सा, नेपाल स्काटउको झन्डा र चार सहिदको तस्बिर साथमै लिएर पाण्डेले सगरमाथाको शिखर चुमे ।

बालअधिकार र भूकम्पद्वारा क्षतिग्रस्त विद्यालय पुनर्निर्माण निम्ति जनचेतना फैलाउने उद्देश्यका साथ सगरमाथा आरोहण आरोहणका लागि पाण्डे चैत २९ मा सगरमाथको आधारशिविरतर्फ प्रस्थान गरेका थिए ।

थप यो पनि पढ्नुहोस्–
सहयोगी हातहरुसँग आरोही पाण्डेको अपिल : विद्यालय पुनर्निर्माण निम्ति सगरमाथा आरोहण

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर