newskoseli.Com

केपी ओली बने संसदीय दलको नेता, केन्द्रीय सदस्य छान्न मापदण्ड बनाइँदै, मुख्यालय पनि टुंग्याइँदै

 

बिहीबार मात्रै एमाले–माओवादी केन्द्र एकीकृत भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय एक–दुई दिनमै कार्यालयको टुङ्गो लगाउने भएको छ ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालयहरू शुक्रबार अवलोकन भइसकेका छन् । नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले धुम्बाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनसङ्गठनका कार्यालय गर्न सकिने बताए ।

४ सय ४१ सदस्यीय केन्द्रीय समितिका सदस्यमा नयाँलाई मनोनयन गर्न भने नीति र मापदण्ड बनाइने तथा त्यसको टुङ्गो एक–दुई हप्तामा हुने जनाइएको छ । ४५ सदस्यीय स्थायी कमिटी हुने नेकपामा पोलिटब्युरो भने रहने छैन । ९ सदस्यीय सचिवालय गठन भइसकेको छ ।

यसैबीच, शनिबार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको नेकपा संसदीय दलको बैठकले केपी शर्मा ओलीलार्इ संसदीय दलको नेता चयन गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर