newskoseli.Com

यस्ता छन् नेकपाको पहिलो बैठकका निर्णय : ४४१ केन्द्रीय कमिटीलाई पूर्णता

 

एमाले–माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको पहिलो बैठक सम्पन्न भएको छ । सोमबार राजधानीमा सम्पन्न बैठकले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो । यो अनुमोदनसँगै पार्टीको ४ सय ४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ ।

यस बैठकले पार्टीको संगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ । उक्त कमिटीमा पार्टीका नेताहरु देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहने जानकारी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए ।

बैठकले सात वटा प्रदेश र विदेशका संगठन तथा कमिटीलाई एकीकरण गर्न पूर्व घटकका इन्चार्ज, संयोजक र सहसंयोजकहरू रहेको सुझाव कमिटी बनाउने निर्णय गरेको छ । जनसंगठनको एकताको सुझाव दिन पूर्व घटकका इन्चार्ज र मोर्चा प्रमुख रहेको अर्को कार्यदल बनाउने निर्णय समेत गरिको जानकारी प्रवक्ता श्रेष्ठले दिए ।

उनका अनुसार सोमबार गठन भएका सबै कार्यदललाई १५ दिनको म्याद दिइएको छ । त्यस्तै, धुम्बाराही वा पेरिसडाँडा– कहाँ केन्द्रीय कार्यालय राख्ने भन्ने कुराको निचोड निकाल्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जिम्मेवारी दिइएको छ । उनीहरूले केही समयभित्रै यसबारे निर्णय लिने छन् ।

बैठकले नेकपाको मूल राजनीतिक प्रतिवेदन र अन्तरिम विधान प्रकाशन गर्ने समेत निर्णय गरेको छ । जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको थियो ।

एकताको तिथिमिति गुमराहमा राखेर आफूलाई एेतिहासिक अवसरबाट वञ्चित गरिएको र आफ्नो वरियता समेत मिचिएको भन्दै यस बैठकमा वरिष्ठ नेता झलनाथ खनालले आपत्ति समेत प्रकट गरेको र त्यसबारे संक्षिप्त छलफल भएको स्रोतले जनाएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर