newskoseli.Com

ट्रिपरले स्कुटीलाई ठक्कर दिँदा घटनास्थलमै ३ को मृत्यु

अरनिको राजर्मागको साँगा–जगाती सडक खण्डअन्तर्गत पलाँसेमा बुधबार ट्रिपरले स्कुटीलाई ठक्कर दिँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ ।

बनेपाबाट काठमाडौंतर्फ आइरहेको बा ३ ख ६६७४ नम्बरको ट्रिपरले एकै दिशामा गुडिरहेको बा ५६ प १२२७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

ट्रिपरको ठक्करबाट भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका– १, लोकन्थली बस्ने ५० वर्षीय हरिबहादुर कटुवाल, मेलुङ, दोलखा घर भई मध्यपुर थिमी– १ बस्ने ४२ वर्षीया सविता घिमिरे र सविताका १३ वर्षीय छोरा अरविन घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिइएको तर ट्रिपरका चालक फरार भएको प्रहरी वृत्त जगातीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर