newskoseli.Com

प्रचण्डकी बुहारी बिनाको कति छ सम्पत्ति ? (विवरणसहित)

 

दिवंगत प्रचण्डपुत्र प्रकाश दाहालकी श्रीमती अर्थात् नवगठित नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी बिना मगर नयाँ संविधान कार्यान्वयनको पहिलो जननिर्वाचित सरकारमा खानेपानी मन्त्री बनेकी छन् ।

खानेपानी मन्त्री मगरको सम्पत्ति विवरण बुधबार सार्वजनिक भएको छ । मन्त्री मगरले सासुआमा सीता दाहाल र दिवंगत श्रीमान् प्रकाश दाहालको नाममा सम्पत्ति देखाएकी छन् ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफ्नो घर नभएको उल्लेख छ । भरतपुर महानगरपालिका– १४, चितवनमा प्रकाश दाहालको नाममा २ कठ्ठा जमिन भएको उनको विवरणमा उल्लेख छ । सासूआमा सीता दाहालको नाममा भारतपुर महानगरपालिका– १२ मा १ कठ्ठा जमिन रहेको पनि उनले उल्लेख गरेकी छन् ।

उनीसँग पैतृक सम्पत्तिका रूपमा ५ तोला सुन र १६ तोला चाँदी रहेको विवरणमा उल्लेख छ । बैंक खाता रहे पनि रकम जम्मा नभएको तथा सवारी साधनमा प्रकाश दाहालको नाममा स्कुटर रहेको मन्त्री मगरको सम्पत्ति विवरणमा उल्लेख छ । उनको सम्पत्तिका रूपमा कुनै पनि बैंक एवं वित्तीय संस्थामा शेयर नभएको विवरणमा उल्लेख छ ।

यस्तो छ मन्त्री बिना मगरले पेस गरेको विवरण–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर