newskoseli.Com

हवल्दारकी पत्नीको शव भेटियो प्रहरी कार्यालयको क्यान्टिनमा

 

जिल्ला प्रहरी कार्यालय बर्दियाको क्यान्टिनमा एक महिलाको शव भेटिएको छ । बिहीबार राति करिव १ बजेतिर जाजरकोटकी ३० वर्षीया कल्पनासिंह श्रेष्ठको शव जिल्ला क्यान्टिनभित्र झुन्डिएको अवस्थामा भेटिएको हो ।

कल्पना जाजरकोट घर भर्इ जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती रहेको पुष्टि भएको छ । क्यान्टिनमा झुन्डिएको अवस्थामा कल्पनाको शव फेला परेकाले हत्या वा आत्महत्या के हो भन्ने बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

मृतक कल्पना सोही क्यान्टिनमा काम गर्ने गरेको बुझिएको छ । श्रेष्ठको शव परीक्षणका लागि जिल्ला अस्पताल गुलरियामा लगिएको र घटनाबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

राजुसिंहले श्रीमती कल्पनालाई पहिले पनि बेला–बेलामा घरेलु हिंसा गर्ने गरेका कारण आत्महत्या वा हत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमै भएको यस्तो रहस्यमय घटना भएकाले शान्ति सुरक्षामा समेत आशंका उब्जन सक्ने देखिएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर