newskoseli.Com

नदीमा नुहाउँदै पौडी खेल्दा दुई युवा बेपत्ता, दुईको उद्धार

 

कालीगण्डकी नदीमा नुहाउँदै पौडी खेल्ने क्रममा बगेर बिहीबार दुई युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका– ६, यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् ।

उनीहरूसँगै बगेका सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियारको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनीहरु बगनासकाली गाउँपालिका– ६, यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।

उनका अनुसार कूलपूजा सकेर नुहाउन गएका चार जनामध्ये दुई जना बेपत्ता भएको र दुई जनाको नदीबाटै उद्धार गरिएको हो । उद्धार गरिएका दुई युवकको अवस्था मध्यम रहेको र उनीहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभासमा ल्याइएको प्रहरीले जनाएको छ । बेपत्ता भएका युवाको खोजी भइरहेको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर