newskoseli.Com

समयमा काम नसक्ने २ ठेकेदार कर्‍याप्प !

 

तोकिएको समयमा निर्माणको काम पूरा नगरेको भन्दै बिहीबार दुई निर्माण व्यवसायी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहका अनुसार निर्माण व्यवसायी पदम शर्मा र प्रकाश महतारा पक्राउ परेका हुन् ।

शर्मालाई घोराहीमा सडक र पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै घोराहीबाट र महतरालाई तुलसीपुरमा सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै तुलसीपुरबाट पक्राउ गरिएको हो ।

अन्य निर्माण व्यवसायीको समेत खोजी तीव्र पारिएको छ । जिल्लामा ३५ भन्दा बढी योजना निर्माणका काममा ढिलासुस्ती भएको तथ्यांक आफूहरुले पाएको प्रहरी प्रमुख सिंहले बताए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर