newskoseli.Com

प्रकाश दाहालसहित दिवंगत आरोहीहरुको स्मृतिमा रक्तदान : प्रचण्डद्वारा उदघाटन

 

 

 

 

 

 

 

 

 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार दिवंगत पुत्र प्रकाश दाहाल र अरू दिवंगत सगरमाथा आरोहीहरुको स्मृतिमा आयोजित रक्तदान कार्यक्रमको उदघाटन गर्दै सगरमाथा नेपालका पहिचान र गौरव भएको बताए ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले आरोहण गरेपछि विभिन्न कीर्तिमान कायम भएको अध्यक्ष प्रचण्डले उल्लेख गरे । ‘नेपाल राष्ट्र र नेपाली जनताको इतिहासमा सगरमाथाले संस्कृति, सभ्यता, एकता र गौरवलाई मात्र होइन, विश्वभरिका जनताको एकता र गौरवलाई पनि आफ्नो प्रक्रियामा सामेल गराएको छ’– उनले भने ।

प्रचण्डपुत्र प्रकाशले पनि सगरमाथाको सफल आरोहण गरेका थिए । कार्यक्रममा उपस्थित दाहाल र उनकी पत्नी सिता छोराको स्मरण गर्दै भावविह्वल भए । कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री एवम् प्रकाशपत्नी विना मगर पनि उपस्थित भइन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर