newskoseli.Com

केपी–प्रचण्डबीच भयो ‘संसदीय दल’ मा यस्तो भागबन्डा…

 

नेपाल कम्युनिस्ट पार्टीको ‘संसदीय दल’ मा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच भागबन्डा मिलाइएको छ । शनिबार साँझ बालुवाटारमा भएको अध्यक्षद्वयबीचको छलफलमा ओली–प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रियसभा संसदीय दलमा नेताहरूको भागबन्डा टुंग्याएका हुन्।

सहमितअनुसार २ पदमा तत्कालीन २ पार्टीका तर्फबाट २–२ जना पर्ने गरी भागबन्डा टुंग्याइएको छ । अध्यक्षद्वयबीचको सहमतिअनुसार ‘संसदीय दल’ को उपनेतामा सुवास नेम्वाङ र राष्ट्रियसभा संसदीय दलको नेतामा दीनानाथ शर्मा रहने छन् । प्रतिनिधिसभा ‘संसदीय दल’ को नेतामा भने प्रधानमन्त्री ओली गतसाता नै चयन भइसकेका छन् ।

प्रतिनिधिसभामा देव गुरुङलाई ‘संसदीय दल’ को प्रमुख सचेतक तथा शान्ता चौधरीलाई सचेतक बनाउने सहमति भएको छ । गुरुङ तत्कालीन माओवादीका तर्फबाट संसदीय प्रमुख सचेतक नै थिए भने चौधरी एमालेबाट सचेतक नै थिइन् । राष्ट्रियसभाको प्रमुख सचेतक र सचेतक चाहिँ ओली–प्रचण्डबीच आइतबार बैठक बसेर टुंग्याइने भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर