newskoseli.Com

जहाजको इन्जिनमै भंगेरो ठोक्किएपछि आकस्मिक अवतरण

 

आइतबार अपराह्न भरतपुरबाट २२ यात्रु लिएर काठमाडौँका लागि उडेको यति एयरको जेट स्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ ।

जहाज ४ः१० मा उडेर रिजालचोकमाथि पुग्दा सानो भंगेरो जहाजको इन्जिनमै ठोक्किएपछि आकस्मिक अवतरण गरिएको जानकारी यति एयरका भरतपुर शाखा प्रबन्धक राजेश सिंहले दिए । उनका अनुसार जहाज उड्ने बित्तिकै क्याप्टेन रमेश श्रेष्ठले इन्जिनमा चरा छिरेको आशंका गरेर भरतपुर विमानस्थलमा तत्कालै आकस्मिक अवतरण गराएका हुन् ।

क्याप्टेन रमेश श्रेष्ठले समयमै अवतरण गराएका कारण सबै यात्रुहरु सकुशल रहेको र जहाज ठूलो दुर्घटनाबाट जोगिएको भरतपुर विमानस्थलले जनाएको छ । ती यात्रुलाई तत्काल अर्को जहाज झिकाएर काठमाडौँ पठाइएको शाखा प्रबन्धक सिंहले बताए ।

काठमाडौँबाट अर्को जहाजमा इन्जिनियर आएका र चरा ठोक्किएको जहाजको परीक्षण गरेपछि मात्रै त्यसबाट तत्काल उडान गर्न सकिने–नसकिने यकिन हुने विमानस्थल प्रमुख पवनकुमार गौतमले जनाएका छन्

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर