newskoseli.Com

मृगलाई हानेको गोली लागेर पौडेलको मृत्यु

 

धर्मदेवी नगरपालिका– १, तेल्लोकमा २७ वर्षीय योगेन्द्र पौडेलको शनिबार गोली लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार मृग भनेर हानेको गोली लागेर घटनास्थलमै पौडेलको मृत्यु भएको हो ।

३ जनाको समूहमा सिकार खेल्न गएका स्थानीयवासी चकेन्द्र अधिकारीले घरनजिकै जंगलमा आएको मृगलाई गोली हान्दा पौडेललाई लागेको थियो । गोली हान्ने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर