newskoseli.Com

गणतान्त्रिक योद्धा बालकृष्ण ढुंगेलसहित अन्य ८१५ लाई आममाफी

 

दसवर्षे जनयुद्धमार्फत नेपालमा गणतन्त्र स्थापनार्थ महत्त्वपूर्ण योगदान पुर्‍याएका माओवादी नेता बालकृष्ण ढुंगेलसहित विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका अरु ८ सय १५ ले ११औं गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका छन् ।

जनयुद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भन्दै सर्वोच्च अदालतले दोषी ठहर गरेर जेलमा बन्दी बनाइएका माओवादी नेता बालकृष्ण ढुंगेलसहित ८ सय १५ जनाको बाँकी सजाय मिनाहा भएको छ ।

उनीहरूलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिने मन्त्रिपरिषदको सिफारिस सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि उनीहरु जेलमुक्त हुने भएका हुन् । श्रेष्ठ हत्याको अभियोगमा नेता ढुंगेलले जनयुद्धकालमै साढे सात वर्ष जेल सजाय भोगिसकेका थिए ।

उतिबेलै पुनरावेदन अदालतले सफाई दिएपछि जेलमुक्त भएका ढुंगेल सर्वोच्चको अर्को आदेशका कारण गत कात्तिक १४ मा पुन जेल चलान गरिएका थिए । ४० प्रतिशत सजाय भुक्तान भएको तथा राम्रो आचरण भएको भन्दै सरकारले गणतन्त्र दिवसको अवसरमा ढुंगेललाई आममाफी दिएको हो ।

मन्त्रिपरिषदको आइतबारको बैठकले ढुंगेलसहित ८ सय १६ जनालाई आममाफी दिने गृह मन्त्रालयको सिफारिस स्वीकृत गरेपछि मन्त्रीपरिषदको सिफारिसलाई राष्ट्रपति भण्डारीले अनुमोदन गरेकी हुन् । प्रक्रिया पूरा गरेर नेता ढुंगेल मंगलबार बिहानै जेलमुक्त भएका छन् ।

ऐतिहासिक पहिलो संविधानसभामा ओखलढुंगाबाट प्रत्यक्ष जननिर्वाचित सभासद समेत रहेका नेता ढुंगेललाई आममाफी दिने चर्चासँगै केही प्रतिगामी तत्त्वहरु गल्लीका भुस्याहा कुकुर झैं ख्याउँ–ख्याउँ गर्दै सल्बलाउन पनि थालेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर