newskoseli.Com

‘कोमा’ मा फोटो पत्रकार समूह, ‘रेग्मी प्रवृत्ति’ विरुद्ध लड्ने वन्तको चेतावनी

 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) मा केही गैरकानुनी र असम्बन्धित विषयले प्राथमिकता पाएको सो संस्थाका सचिव प्रदीपराज वन्तले जिकिर गरेका छन् ।

‘कोमामा पुगेको यस संस्थालाई पुनर्जीवन दिन विगतमा गरिएका प्रयास आम मानिसका बीचमा स्पष्ट नै छ । व्यक्तिगत झगडा, पद मात्रै ओगटेर बस्ने प्रवृत्ति तथा कामका नाममा वरको सिन्को पर समेत नसार्ने प्रवृत्तिका व्यक्तिहरुको चङ्गुगलमा गुज्रिएको संस्थालाई त्यस अवस्थाबाट मलगायतका केही साथीको सहयोमा पुनर्जीवन दिइएको तथ्य कोही–कसैबाट छिपेको छैन,’ सचिव वन्तले न्युजकोसेलीलाई प्रेषित गरेको आलेखमा उल्लेख गरेका छन्– कहाँ र कस्तो अवस्थामा छ भन्ने स्थितिबाट हामीले संस्थालाई एउटा ज्युँदो–जाग्दो संस्थाका रुपमा नयाँ आकारका स्थापित गरेका थियौं ।’

‘हामीले आम मानिसलाई देखाएको नयाँपन तथा फोटो पत्रकारको संस्थालाई व्यावसायिक बनाउन गरिएका प्रयत्नहरुले निरन्तरता पाई नै रहेका छन् । धेरैभन्दा धेरै फोटो पत्रकाहरुको सहभागिताका साथ हामीले एनएफपीजेलाई एउटा जिम्मेवार संस्थाका रुपमा स्थापित ग¥यौं र त्यसमा मेरो सक्रिय भूमिका र जबर्जस्त हस्तक्षेप पनि स्थापित नै छ,’ सचिव वन्तले अगाडि लेखेका छन्– ‘बजारमा अनेक नाम बोकेका संस्था वा निकाय भए पनि तिनको उपस्थिति प्रभावकारी र वस्तुसंगत नभएको अवस्थामा एनफपीजेलाई एउटा ज्युँदो–जाग्दो संस्था बनाउन मेहनतका साथ काम गरिएको तथ्य कोही–कसैबाट छिपेको छैन ।’

सचिव वन्तले कटाक्ष गरेका छन्– ‘पछिल्लो दिनमा एनएफपीजेभित्र सामान्य विवाहको पार्टी, सेमिनार, गोष्ठी तथा पासपोर्ट साइजका साना फोटो खिच्ने अनि ‘कुनै जमानामा मैले पत्रकारिता गरेको थिएँ’ भन्दै हिँड्ने फोटो पत्रकारितामासंलग्न नै नभएका केही स्वनामधारी व्यक्तिलाई फोटो पत्रकारका नाममा व्यावसायिक संस्थाको महत्त्वपूर्ण पद–प्रतिष्ठा दिने, संस्थाको विधि र प्रक्रियाविपरीत पद बाँडफाँड गर्ने तथा साधारण सदस्य नै नभएका व्यक्तिलाई एकाएक महत्त्वपूर्ण पद प्रदान गर्ने एक खालको हैकमवादी शैली देखिएकाले मलगायत संस्थामा आवद्ध तथा कार्यसमितिमा रहेका काठमाडौंमा फोटो पत्रकारितामा सक्रिय भई विभिन्न सञ्चार माध्ययममा काम गरिरहेका फोटो पत्रकार साथीहरु महासंघ दर्ता गर्दा तदर्थ समितिमा आवद्ध नभएकै हौं ।’

‘पछिल्लो समय एनएफपीजे महासंघका रुपमा अगाडि बढेको छ । महासंघको नेतृत्वमा बस्ने र त्यसको नेतृत्व गर्ने व्यक्तिले नै समूहमा पनि त्यही पद ओगटेर बस्ने प्रवृत्ति देखिएको छ, यो सरासर संस्थाको विधान र नीतिविपरीतको कुरा हो,’ उनी अगाडि लेख्छन्– ‘फोटो पत्रकारितामा नै नभएका, वर्षमा एकाध फोटो खिच्ने तर पद प्राप्त गर्न भने साम–दाम–दण्ड–भेदको नीति अख्तियार गर्ने रेग्मी प्रवृत्ति पनि प्रष्ट रुपमा सतहमा देखिएको छ ।’

वन्त अगाडि उल्लेख गर्छन्– ‘राष्ट्रिय फोटो पत्रकार समूहको काठमाडौं कमिटीको बैठक र सामान्य माइन्युटविना नै आफूअनुकूल पद बाँडफाँड गर्ने, कार्यालयको बोर्ड हटाउने तथा संस्थालाई विस्तार गर्न अहोरात्र खटेका व्यक्तिहरुलाई पाखा लगाउने र हेप्ने प्रवृत्ति पनि पछिल्लो दिनमा सतहमा देखिएको छ ।’

‘सामान्य विधि, नैतिकता, सिद्धान्त र संस्थाको गरिमालाई बचाउनुको सट्टा एकलौटी तवरले महासंघ बनाउने र त्यसको सामान्य मर्मलाई समेत ख्याल नगर्ने प्रवृत्ति एनएफपीजे र हालको महासंघमा पनि देखिएको छ । त्यसले संस्थालाई मर्यादित बनाउनुभन्दा व्यक्तिवाद र महत्त्वाकांक्षा चरम रुपमा वृद्धि हुन्छ भन्ने संकेतहरु देखा परेका छन् । महासंघ बनाउँदा सामान्य विधि पालना गर्नु पर्नेमा समेत त्यसो गरिएको छैन,’ वन्त लेख्छन्– ‘जिल्लामा गएर फोटो पत्रकारलाई संगठिन गर्ने, पेशागत सुरक्षामा जोड दिने, क्षमताको विकासमा महत्त्वपूूर्ण सहयोग गर्नेलाई पाखा लगाएर केही व्यक्तिलाई मात्रै च्यापेर हिँड्ने प्रवृत्ति ग्राह्य र मान्य हुनै सक्दैन । तर, जे नहुनु पर्ने थियो, त्यही गरेर संस्थालाई केही व्यक्तिले आफ्नो नाम जोडेर मै ठूलो हुँ भन्नका लागि यो संस्थालाई मागी खाने भाँडोका रुपमा दुरुपयोग गर्ने उद्देश्यका साथ अगाडि बढ्न लागेको देखिन्छ ।’

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) का सचिव वन्त राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार हुन्

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर